काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सहमति जुटाउन जिम्मा चार नेतालाई दिएको छ ।
रास्वपाबाट रवि लामिछाने, काँग्रेसबाट दिलेन्द्र बडू, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई अनौपचारिक रूपमा सहमति जुटाउने जिम्मेवारी दिइएको हो ।
उनीहरूले सहमति जुटाएमा विधेयक अर्को बैठकबाट पारित गर्ने तयारी छ ।