विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै पूर्वाधार समितिको बैठक सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै पूर्वाधार समितिको बैठक सुरु


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । केही बेर अवरुद्ध भएको संसद्को पूर्वाधार समिति बैठक पुनः सुरु भएको छ । सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ पाएसँगै बैठक सुरु भएको हो ।

ऊर्जा मन्त्रालयले सम्झौताको डकुमेन्ट सांसद्‍हरूलाई उपलब्ध गराएको हो । यसअघि सांसदहरूले अध्ययनका लागि भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ नपाएसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि केही बेर अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार : भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ माग

ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताका विषयमा आफ्ना भनाइहरू राखिरहेका छन् ।

यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस