भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको ‘डकुमेन्ट’ माग


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।

मङ्गलवार बसेको संसद्को पूर्वाधार समिति बैठकमा उनीहरूले सो अडान राखेका हुन् ।

ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।

यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरूको भनाइ छ ।

सांसदहरू सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि बैठक अगाडि बढ्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस