सम्पत्ति शुद्धीकरणको मुद्दामा रोकालाई दुई वर्ष कैद, झण्डै दुई करोड बिगो र जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सम्पत्ति शुद्धीकरणको मुद्दामा रोकालाई दुई वर्ष कैद, झण्डै दुई करोड बिगो र जरिवाना


२३ पुस २०८०, सोमबार


काठमाडौँ । विशेष अदालतले देवेन्द्रविक्रम रोका छपालिलाई दुई वर्ष कैद तथा झण्डै दुई करोड बिगो र जरिवाना हुने फैसला सुनाएको छ ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार चरेसका अन्तर्राष्ट्रिय कारोबारी छपालिलाई सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धाबहादुर कार्कीले  बताए । अघिल्लो पेशीमा छपालिलाई दोषी ठहर गरिएको थियो ।

इजलासले छपालीको नाममा रहेको जग्गा, गाडी र बैंक खातामा रहेको ६४ लाख ६६ हजार ७८४ रुपैयाँ पनि जफत हुने निर्णय सुनाएको छ । उनलाई ७४ लाख ५९ हजार ९८४ रुपैयाँ ६९ पैसा बिगो र त्यसको दोब्बर एक करोड ४९ लाख १९ हजार ९६९ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको छ ।

लागुऔषध कारोबारबाट कमाएको सम्पत्ति भन्दै छपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस