डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते, थप उपचारका लागी धनगढी रेफर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते, थप उपचारका लागी धनगढी रेफर 


२२ पुस २०८०, आइतबार


डोटी । डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

आक्रमणमा परि जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडीङ गाउँका स्थानीय वर्ष ५६ की गौरी भाट र वर्ष ५० का जंग भाट घाइते भएका हुन् ।  

स्थानीय बासी नरेन्द्र रोकायाका अनुसार आफ्नो घर नजिक रहेको बुडीखेतमा दिउसो तिन बजे काम गरिरहेको अवस्थामा भालुले गौरीमाथि आक्रमण गरेको थियो । गौरीलाई जोगाउन जाँदा जंगमाथि पनि आक्रमण गरेको स्थानीय रोकायाले बताए।

आक्रमणमा परि जंगको आँखा, निधार, पिठ्युँमामा चोट लागेको छ भने गौरीको टाउको अनुहार, पिठ्यूँ हातमा चोट लागेको छ । दुवै जनालाई आदर्श ३  काडीस्याउलेमा रहेको जिडी पोलिक्लीनीकमा सामान्य उपचार पश्चात् थप उपचारेको लागि धनगढी रिफर गरिएको स्थानीयहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस