सरकारले राजनीतिक स्वार्थ पूरा गर्ने गरी योजना बनाएको छ  : पदम गिरी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले राजनीतिक स्वार्थ पूरा गर्ने गरी योजना बनाएको छ  : पदम गिरी 


२२ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्ने गरी बनाएको आरोप लगाएका छन् । 

आइतबार सिंहदरवारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई र केन्द्रमा राखेर राजनीतिक स्वार्थहरू पुरा गर्ने गरी बनेको भन्दै ठुला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट कसैलाई नभएको बताए । 

उनले भने,‘आवधिक योजना हेर्दा मोटामोटी ठिकै छ । अहिलेको सरकारले जनतालाई केन्द्र विन्दुमा नराख्ने, स्वार्थ समूहलाई केन्द्रमा राख्ने, राजनीतिक स्वार्थहरू पुरा गर्ने गरी योजना बनाउने अनि ठुला ठुला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट कसैलाई छैन ।’ उनले निर्धारित लक्ष्य कार्यान्वयन गर्नका लागि विश्वासिलो आधार सरकारले नबनाएको टिप्पणी गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस