विराजभक्त श्रेष्ठको गुनासो : सूचना र प्रविधिलाई योजनाले छोएन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विराजभक्त श्रेष्ठको गुनासो : सूचना र प्रविधिलाई योजनाले छोएन


२२ पुस २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सूचना र प्रविधिलाई योजनाले नछोएको बताएका छन् ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै सूचना र प्रविधिलाई योजनाले नछोएको गुनासो गरेका हुन् ।

“विकास के हो भनेर बहस गर्नुपर्‍यो । सान्दर्भिक र असान्दर्भिक विषय छनोट गरौँ । समय सूचना र प्रविधिको युगमा प्रवेश गरिसकेको छ । हाम्रो योजना व्यवहारिक छैन,” उनले भने, “विगतलाई समीक्षा गरेर भविष्यलाई लगानी गर्‍यौँ । योजना उपलब्धिमूलक हुनुपर्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस