राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि जुट्यो सहमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि जुट्यो सहमति


२२ पुस २०८०, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रिय सभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरूको बैठक निरन्तर बस्दै आएको छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ । काँग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।

स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस