१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा तोकियो एम्बुलेन्सको भाडा

अ+ अ-

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।

एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिमीका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताए । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका-६ को लिमीका बस्तीबाट बिरामी ल्याउन रु. ३२ हजार भाडा तोकिएको उनले जानकारी दिए । यो सबैभन्दा बढी भाडा लाग्ने स्थान हो ।

सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पुर्‍याउँदा रु. एक हजार भाडा लाग्ने छ । “सदरमुकामदेखि बुराउँसेसम्म रु. एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ रु. दुई हजार पाँच सय, दोजाम रु. पाँच हजार पाँच सय, डाडाफया रु. दुई हजार तीन सय, हेप्का रु. तीन हजार, खार्पुनाथ रु. तीन हजार छ सय, याल्वाङ रु. नौ हजार, याङ्गार रु. नौ हजार आठ सय, मुचु रु. १० हजार पाँच सय, लिमाटाङ रु. दुई हजार पाँच सय, खगालगाउँ रु. चार हजार पाँच सय, हिल्सा रु. ३० हजार, तुम्कोट रु. ११ हजार, यारी रु. १३ हजार पाँच सय, चौगनफया रु. पाँच हजार पाँच सय, धारापोरी रु .पाँच हजार पाँच सय, केर्मी रु. छ हजार आठ सय, लाग्ना रु. एक हजार पाँच सय, तोर्पा रु. तीन हजार भाडा कायम गरिएको छ”, उनले भने ।

जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले गन्तव्यसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिएभन्दा बढी भाडा लिन नपाइने जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताललाई गत वर्ष भारतीय दूतावासद्वारा उपहारस्वरुप एम्बुलेन्स सहयोग प्राप्त भएको थियो ।

सिमकोट-२ ठेहे गाउँका गणेश रावल स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । बिरामीको सेवाका लागि आफू जतिखेर तयारी अवस्थामा रहने उनले बताए । एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस