राष्ट्रिय सभाको सीट बाँडफाँट गर्न सत्ता गठबन्धनको  बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभाको सीट बाँडफाँट गर्न सत्ता गठबन्धनको  बैठक बस्दै


२१ पुस २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको हो । एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुङ्ग्याएको हो ।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । यसअघि काँग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए । एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस