२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको दाबी : मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ  

अ+ अ-

रामपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन् । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र बिस्तारै आफ्नै लयमा फर्किएको बताए ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताए । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उनले बताए ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको  पर्यटन क्षेत्रको प्रवर्द्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उनले बताए । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्त्वपूर्ण योगदान गरेको बताए ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पुर्‍याएको बताए ।

लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । 

विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रूपमा पहिचान बनाउन सफल भएको छ ।  

प्रतिक्रिया दिनुहोस