काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय सभामा उम्मेदवारी टुङ्ग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
शुक्रबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा चार घण्टा चलेको सचिवालय बैठकमा सातै प्रदेशबाट आएका नामहरूको बारेमा प्रारम्भिक छलफल भएको महासचिव शङ्कर पोखरेलले जानकारी दिए।
उनले पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको बताए।
बैठकले क्लस्टरअनुसार नामावलीको अन्तिम टुङ्गो लगाउने कामको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको सचिव पद्मा अर्यालले बताइन्।
अध्यक्ष ओलीले यसबीचमा सत्ता पक्षसँग गरेको कुराकानीको प्रसङ्ग पनि निकालेको एक सचिवालय सदस्यले बताए।







