२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासको एजेन्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का

अ+ अ-

सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए । 

नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गरे ।  राजनीतिक आस्था फरक फरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनुपर्ने उनको भनाइ थियो । 

प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उनले उल्लेख गरे । उनले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिए । “जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्”, उनले भने, “यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।”

दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उनको सुझाव थियो । उनले रङ्गशाला निर्माणका लागि धन्यवाद दिदै खेलकूदसम्बनधी संरचना निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाए । 

३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएका छन् । प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल सङ्घ रहेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । 

यस प्रतियोगितामार्फत राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडी व्यवस्थापन सङ्घले गर्नेछ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस