एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ : शङ्कर पोखरेल « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ : शङ्कर पोखरेल


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामर्थ्य कमजोर रहेको बताएका छन् ।  

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी भएको बताए। 

देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पका साथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीका रूपमा स्थापित हुन जरुरी छ, ’उनले भने ।

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए। उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठित गरेर पार्टीसँग जोड्नुपर्ने बताए । 

महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरूको सम्मान गर्नुपर्नेमा जोड दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस