घनश्याम भुसालको दाबी : संसद विघटनको मुद्दामा शङ्कर पोखरेल र हामीसँगै थियौँ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घनश्याम भुसालको दाबी : संसद विघटनको मुद्दामा शङ्कर पोखरेल र हामीसँगै थियौँ


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा हुँदा जनताले दिएको असाधारण बहुमत जोगाउन नसकेको बताएका छन् ।

‘आजको वामपन्थ’बारे भएको छलफलमा उनले जनताले साथ दिँदा पनि एकता जोगाउन नसकेको बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दाको मुद्दामा शङ्कर पोखरेल पनि आफूहरूको पक्षमा रहेको दाबी गरेका छन् ।

नेता भुसालले भने, ‘पृथ्वीसुब्बासँग पनि म एउटै मुद्दामा छलफल गरिरहेका हुन्छौँ । म अहिले नेकपा एकीकृत समाजवादीमा छु कमरेड शङ्कर पोखरेलसँग पनि बसेर कुरा गरियो भने सामान्यतया भन्छु मैले हिजो संसद विघटनको बेलामा पनि हामी एकै ठाउँमा थियौँ । यो अनौठो कुरा लाग्ला । जब हाम्रो भेट हुन्थ्यो, एकै ठाउँमा हुन्थ्यौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस