तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट


१८ पुस २०८०, बुधबार


काठमाडौँ । सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाउँदा अन्ततः पहिलो दिनको तेस्रो सेसनमा पुग्दा सबै विकेट गुमायो । पाकिस्तानले पहिलो दिनको निर्धारित ९० ओभर पनि खेल्न सकेन । ७७.१ ओभरमा खेल सकिएको थियो ।

पाकिस्तानका ओपनरद्वय अब्दुल्लाह सफिक र समय अयुब खाता नै नखोली आउट एका थिए । त्यसपछि कप्तान सान मक्सुदल र बाबर आजमले पारि अघि बढाए । तर, बाबर २६ रन बनाएर आउट भएका थिए । लगत्तै सउद साकेल पनि ५ रनमा आउट हुँदा पाकिस्तानले ४७ रनमा चौथो विकेट गुमायो । मोहम्द रिजवान र आघा सलमानले ९४ रनको साझेदारी गर्दै परि अघि बढाएका थिए । रिजवान ८८ रन बनाएर आउट हुँदा पाकिस्तानले पाँचौँ विकेट सुम्पिएको थियो ।

छैटौँ विकेटको रुपमा साजिद खान १५ रन बनाएर आउट भएका थिए । मीर हम्जा र अमर जमेलले दोस्रो ठूलो साझेदारीको रुपमा अन्तिममा ८६ रनको गरे । यो साझेदारीपछि पाकिस्तानको स्कोर ३१३ रन पुगेको हो ।

आघा सल्मान ५३ रन बनाएर आउट भएका थिए भने अमर जमेल ८२ रन बनाएर अन्तिम विकेटको रुपमा पभेलियन फर्किए । पहिलो दिननै पाकिस्तानलाई अल आउट गर्दा अस्ट्रेलियाका पाट कम्निसले सर्वाधिक ५ विकेट लिए । यसैगरी मिचेल स्टार्कले २ विकेट लँदा जोस हेजलवुड, नाथन लियोन र मिचेल मार्सले एक एक विकेट लिए ।

यसअघिका दुवै टेस्ट जित्दै अस्ट्रेलियाले सिरिज जितिसकेको छ । टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले हरेक जित र हारको अङ्कको भने ठूलो महत्त्व रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस