सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


१८ पुस २०८०, बुधबार


काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६० रुपैयाँमा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस