स्पेनिस ला लिगामा रायो भालकानो विजयी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्पेनिस ला लिगामा रायो भालकानो विजयी 


१८ पुस २०८०, बुधबार


काठमाडौँ ।  स्पेनिस ला लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ । 

मंगलबार राति ८ खेलाडीमा सीमित भएको गेटाफेमाथि २-० को जित निकालेको हो ।

गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औं मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।

पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो । उसका सर्जियो  क्यामेलोले गोल गरेका थिए । 

पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो । ४७ औं मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

५० औं मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औं मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो । 

डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो । तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन । 

जितपछि रायो भालकानो २३ अंकका साथ ११ औं स्थानमा छ भने पराजित भएको गेटाफे २६ अंकका साथ तालिकाको आठौं  स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस