१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाइलट दीपु ज्वार्चन बने ए३२० का लागि नेपालको पहिलो डीसीपी

अ+ अ-

काठमाडौँ । नेपाल एयरलाइन्स (नेवानि)का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए ३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल भएका छन् ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरू मध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट समेत बन्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा नेपाल एयरलाइन्स र हिमालय एयरसँग ए ३२० जहाज छन् । हिमालयमा विदेशी परीक्षक पाइलट कार्यरत छन् ।

नेपाली नागरिकका रूपमा भने ज्वार्चनले यस्तो लाइसेन्स पाउन सफल भएका हुन् । उनलाई प्राधिकरणले मंगलबार यसका लागि योग्य घोषित गरेको हो।

यससँगै अब ज्वार्चनले प्राधिकरणले लिने ए ३२० का पाइलटहरूको परीक्षा लिन र त्यसको जाँच गर्न पाउने छन् ।

ज्वार्चन प्रशिक्षक पाइलट समेत हुन् । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परीक्षणको काम गर्न डीसीपी नै हुनुपर्ने थियो ।

नेपालमा डीसीपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउनु पर्ने थियो । यो काम अब नेपाली पाइलटबाटै सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस