बालकुमारी घटनामा मारिएका सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालकुमारी घटनामा मारिएका सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने


१७ पुस २०८०, मंगलबार


balkumari-ghatana-Pradarshan

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ ।

प्रदेश सरकारले मङ्गलवार मृतक रावतको परिवारलाई दुई लाख रकम दिने घोषणा गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

महावु गाउँपालिका-६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो । मङ्गलवार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस