ढिलोचाँडो निजी विद्यालयहरू गुठीमा जानैपर्छ : शिक्षा सचिव अधिकारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ढिलोचाँडो निजी विद्यालयहरू गुठीमा जानैपर्छ : शिक्षा सचिव अधिकारी


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्पूर्ण निजी विद्यालयहरू ढिलोचाँडो शैक्षिक गुठीमा रूपान्तरण हुनैपर्ने बताएका छन् ।

हाल संसदीय समितिमा छलफलका क्रममा रहेको ‘शिक्षा विधेयक २०८०’ मा गुठीकरणबारे स्वेच्छिक व्यवस्था रहे पनि भविष्यमा सबै निजी विद्यालय सामुदायिकमा रूपान्तरण हुने अपेक्षा राखिएको सचिव अधिकारीले बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सचिव अधिकारीले नयाँ निजी विद्यालयहरू शैक्षिक गुठीका रूपमा स्थापना हुनुपर्ने र हाल सञ्चालनमा रहेकाहरू पनि क्रमशः त्यही मोडालिटिमा जाने अपेक्षा रहेको बताएका थिए ।

सचिव अधिकारीले सामुदायकलाई सबलीकरण गर्दै निजीसरह बनाउँदा भविष्यमा सामुदायिक विद्यालय नै अभिभावकको प्राथमिकतामा रहने बताए । उनका अनुसार विधेयकमा शिक्षकहरू स्थानीय तहअन्तर्गत नै रहने व्यवस्था रहेको पनि स्पष्ट पारे । विधेयकको दफा १४० मा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट उल्लेख गरिएको उनले बताए ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयकमाथि नाम परिवर्तनसहितका एक सय ६५ वटा संशोधन प्रस्ताव परेका छन् । सचिव अधिकारीले यसमा सुधार गरे पनि पुनः लेखन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस