रूपान्तरण अभियान उद्देश्यअनुसार सफल : माओवादी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रूपान्तरण अभियान उद्देश्यअनुसार सफल : माओवादी


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेको छ ।

मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षासहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले टोल कमिटीदेखि सङ्गठन सक्रिय र चलायमान भएको भन्दै अभियान सफल भएको बताएका हुन् ।

‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ । टोल कमिटीदेखि सङ्गठन सक्रिय भएका छन्’ उनले भने, ‘सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरूमा जागृति आएको छ ।’

अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पलाएको भन्दै उनले भने, ‘यो अभियानले चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पैदा भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस