काठमाडौँ । नेकपा एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौँमा हुने भएको छ।
पुस १९ गते हुने भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयले जनाएको छ ।
भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ।