२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पमा परी जापानमा ८ जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । जापानमा सोमबार गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । अहिले उद्धारकार्य जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

२४ घण्टाको अवधिमा एक सय ५५ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । जापान सरकारले उद्धार राहतलाई तीव्रता दिएको छ । भग्नावशेषमा दबिएका व्यक्तिको खोजी जनाइएको छ । 

प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकालिएको जानकारी दिएका छन् । सोमबार दिउँसो जापानमा ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ भने हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ । 

केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पले जापानको लामो पश्चिमी तटवर्ती क्षेत्र र छिमेकी दक्षिण कोरियामा करिब १ मिटर अग्लो छालहरू उठाएको थियो ।

यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ ।  सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको बताइएको छ । 

जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकाले आगामी दिनमा अझै शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।

यस्तै, सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो । उनीहरूले खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा रात बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस