डोजर पल्टिँदा चालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोजर पल्टिँदा चालकको मृत्यु


१७ पुस २०८०, मंगलबार


चैनपुर (बझाङ) ।  जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । 

सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै  ‘जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो’ उनले भने ।  मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस