२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको जिकिर : नेपालका दलहरूको आपसी मेलमिलाप देखेर विदेशीहरू छक्क पर्छन् 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका छन् । चुनावमा कडा प्रतिस्पर्धा भएपनि आपसी मेलमिलापमा सम्बन्ध राम्रो रहेको भन्दै उनले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको बताए ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा काठमाडौँमा भएको कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बिपीका बारेमा भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठिकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्च सम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’

उनले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकताबद्ध हुने अभ्यास गर्नुपर्ने बताए । ‘हाम्रा आफ्ना मतभेदहरू, पार्टीका वैचारिक मतभेदहरू र पार्टीगत मतभेदहरू आफ्नो ठाउँमा छन् । राम्रो कुरा के छ भने सबै पार्टीहरू एकै ठाउँमा बस्ने परम्परा बनेको छ । यस्तो देख्दा मान्छेहरू छक्क पर्छन् । विदेशीहरू पनि छक्क पर्छन्,’ देउवाले अघि भने, ‘प्रतिस्पर्धाका बाबजुद एक अर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ । बोलीचालीको वातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ ।’ उनले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुने बताए ।