नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : गगन थापा


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन्।

सोमबार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै उनले ऐन संशोधन गर्ने विषयमा विगत र अहिलेको सरकारमा भिन्नता नभएको आरोप लगाए।

उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनुकूलको ऐन संशोधनको लागि प्रस्तावहरू आउन थालेको बताए। उनले केही वर्षदेखि नेपाल ऐन संशोधनमा विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए।

महामन्त्री थापाले भने,‘नेपाल ऐन संशोधन केही समयदेखि विकृत हुँदै गयो। लगातार केही वर्षदेखि प्रश्न र विवेचना हुँदै आएको छ। हामीहरूको आसन फेरिएको छ। तर हाम्रो तरिका फेरिएन।’

Tags :
प्रतिक्रिया दिनुहोस