प्रधानमन्त्री कार्यालय अगाडि युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री कार्यालय अगाडि युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ 


१६ पुस २०८०, सोमबार


काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिकारी युवा सङ्गठनले आज काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेको छ ।

सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरवारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मूल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न प्रदर्शन गरेको हो ।

बालकुमारी घटना, एमसीसी र एनसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा सङ्गठनले जनाएको छ ।प्रदर्शनमा केन्द्रीय कार्यालय सदस्यसहित केही युवाहरू पक्राउ परेका छन् ।  

यसअघि युवा सङ्गठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा सङ्गठनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस