इंग्लिस प्रिमियर लिग : फुलह्यामसँग आर्सनल पराजित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इंग्लिस प्रिमियर लिग : फुलह्यामसँग आर्सनल पराजित


१६ पुस २०८०, सोमबार


काठामडौँ । इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलह्यामसँग पराजित भएको छ ।

आइतबार राति सम्पन्न खेलमा सुरुआती अग्रता लिएको आर्सनलले अन्तिममा १-२ को नतिजा सुम्पिन वाध्य भएको हो ।

यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा रहँदा जित निकालेको फुलह्याम १३ औं स्थानमा उक्लिएको छ ।

फुलह्यामविरुद्ध आर्सनलले सुरुआती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए । उनले टम केरिनीको पासमा गोल गरेका थिए ।

यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २-१ ले जित दिलाए । प्रिमियर लिगमा लिभरपुल ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा एस्टन भिल्ला समान अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी र आर्सनलको समान ४०-४० अंक भए पनि गोल अन्तरमा सिटी तेस्रो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस