आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु


१६ पुस २०८०, सोमबार


काठमाडौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको सुरुवात इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले गरेका हुन्।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान, साङ्गीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन् । काठमाडौँ, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरूमा नयाँ वर्ष २०२४ भव्यरुपमा मनाइँदै छ । 

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस