जाडो बढेसँगै बन्द भए जुम्लाका सामुदायिक विद्यालय  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जाडो बढेसँगै बन्द भए जुम्लाका सामुदायिक विद्यालय 


१५ पुस २०८०, आइतबार


काठमाडौँ। जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको बताइएको छ । 

सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका छन् 

आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिएका छन् ।

स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस