२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका ११ निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। काँग्रेसले संक्रमणकालीन न्यायलाई सबैको साझा सहमतिका आधारमा टुङ्गो लगाउनुपर्नेलगायत विभिन्न ११ निर्णय गरेको हो ।

अब सशस्त्र द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुनेमा काँग्रेस बैठकले जोड दिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

त्यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा हालसम्म अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ। काँग्रेसको निर्णयमा भनिएको छ, ‘प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने।’

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले ६ वटा भातृ सङ्गठनको अवधि थप्ने निर्णय गरेको छ। बैठकले नेपाल विद्यार्थी संघ, नेपाल दरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको अवधि ६ महिना थपेको हो। अधिवेशन गर्नका लागि म्याद थपिएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।

त्यस्तै, काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको मिति पनि अनुमोदन गरेको छ। काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस