२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सहज जित

अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जिताउन रोड्रिले १४ औँ तथा जुलियन अल्भारेजले ६१ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटी १९ खेलबाट ४० अङ्कका साथ तालिाको तेस्रो स्थानमा छ ।

पराजित भएको सेफिल्ड भने पुछारमा रहेको छ । यसै गरी  शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने नटिङघम फरेस्टसँग २–१ गोलले पराजित भएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निकोलस डोमिनगुएजले गोल गर्दै ६४ औँ मिनेटमा नटिङघमलाई अग्रता दिलाएका थिए । ७८ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए । तर, ८२ औँ मिनेटमा मोर्गन गिब्सले गोल गर्दै नटिङघमको जित पक्का गराए । जितसँगै नटिङघम तालिकाको १५ औँ स्थानमा छ भने पराजित भएको युनाइटेड ७ औँ स्थानमा रहेको छ ।

यसैगरी अन्य खेलमा चेल्सीले लुटनलाई ३–२ ले पराजित गर्दा एसटन भिल्लाले बर्नलेमाथि ३–२ कै जित निकालेको छ । क्रिष्टल प्यालेसले बे्रन्टफोर्डमाथि ३–१ को जित निकाल्दा वुल्भ्सले एभर्टनलाई ३–० ले स्तब्ध बनायो ।

प्रतिक्रिया दिनुहोस