२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न काँग्रेसले बनायो मापदण्ड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

बिहीबार सुरु भएर हिजो (शनिबार) सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

‘बैठकले मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ । अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ’ 

बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । त्यस्तै माघ ७ देखि २२ गतेसम्म समुदायमा काँग्रेस कार्यक्रम सञ्चालन गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन खटिने कनेता कार्यकर्तालाई धन्यवाद दिने निर्णय पनि गरेको एक नेताले बताए ।

काँग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न र मृतक परिवारलाई राहत तथा घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ । ‘कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ’, 

काँग्रेसले केन्द्रीय समितिको निर्णय आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस