खेलकुदका निकायहरूको भूमिकाबारे समीक्षा गर्न आवश्यक छ : खेलकुद मन्त्री लिम्बू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खेलकुदका निकायहरूको भूमिकाबारे समीक्षा गर्न आवश्यक छ : खेलकुद मन्त्री लिम्बू


१४ पुस २०८०, शनिबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

शंखमूलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औँ साधारण सभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

खेलाडीका भावनाअनुरूपमा गर्न सक्यौँ वा सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो।मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताए।

त्यसैले सरोकारवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औँल्याए। खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस