काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । आजको बैठकमा शुक्रबार बालकुमारीमा भएको प्रदर्शनका विषयमा छलफल तथा मृतकको परिवारलाई राहत दिने विषयमा निर्णय हुने बताइएको छ ।
शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूबीच बालकुमारी घटनाको विषयमा छलफल भएको थियो ।
बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत स्वरूप १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
अढाई बजे बस्ने भनेको बैठक साढे तीन बजे मात्रै शुरु भएको हो ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै