काठमाडौँ । सरकारले राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ । काठमाडौँ तराइ द्रूत मार्गको सडक खण्ड निर्माणका लागि वन क्षेत्रमा पर्ने रुख काट्न दिने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलव २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको हो।