२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन

अ+ अ-

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी ६८ लाख ११ हजार एक सय १० रुपैयाँ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दुई महिनाको समेत गरी अहिले बैंकमा आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । यही अवधिमा ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताए ।

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुनः त्यो समिति विघटन गरी पाथीभरा क्षेत्र विकास समितिले नै अहले व्यवस्थापन गर्दै आएको छ । विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले गर्दै आएको थियो ।

पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर खटाइएको हाङबाङले बताए । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उनको भनाइ छ ।

पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उनले बताए । पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस