काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् ।
वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईँले सार्वजनिक गरेका हुन् । चितवन-२ मा आयोजित सार्वजनिक सुनुवाइमा सह प्रवक्ता प्रसाईँले सहकारी र लघुवित्त पीडितका समस्या र समाधानका उपाय सुझाउने गरी कार्यदल गठन गरिएको जानकारी दिए ।
सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरी कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गरेका थिए ।