हङकङबाट स्वदेश फर्किए लिङ्देन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हङकङबाट स्वदेश फर्किए लिङ्देन


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गरी अध्यक्ष लिङ्देन स्वदेश फकिएका हुन् । उनी गत पुस ७ गते त्यसतर्फ गएका थिए ।

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट तथा नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेटवार्ता गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल अवगत गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस