काठमाडौँ । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन।
अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन।
उनीहरूले १२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ, कार्य सेवा मूल्याङ्कन गर, कर्मचारीलाई उपदानको व्यवस्था गर ,१२ वर्ष देखिको सेवाको कार्य मूल्याङ्कन खोइ भन्दा अस्पताल के भन्छ ? ‘सेवा छोडेर जाऊ भन्छ ’ भन्ने नारा सहितको प्ले कार्ड प्रदर्शन गरेका हुन।

