१५ जना जुवाडे पक्राउ  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१५ जना जुवाडे पक्राउ 


१२ पुस २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ परेको छन् । काठमाडौँ महानगरपालिका-१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  

काभ्रे, पनौती नगरपालिका-४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २४ वर्षीय शान्त प्रसाद तिमिल्सिना समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस