स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ


११ पुस २०८०, बुधबार


काठमाडौँ । स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित विराटनगरबाट एकजना पक्राउ परेका छन् । प्रहरीले सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहलाई रकमसहित पक्राउ गरेको हो ।

विराटनगर-११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस