समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय 


११ पुस २०८०, बुधबार


काठमाडौँ । समाजवादी मोर्चाले संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई यथावत राख्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाललाई संयोजकमा यथावत राख्ने निर्णय गरेको हो।

गत असार २३ मा नेपाल छ महिनाका लागि मोर्चाको संयोजक चुनिएका थिए।

नेकपा माओवादी‚ नेकपा एकीकृत समाजवादी‚ जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाउँदा ६र६ महिना नेतृत्व गर्ने निर्णय गरेका थिए। तर बुधबारको बैठकले नेपाललाई नै संयोजक बनाएको हो।

यस्तै ४७ जिल्लामा मोर्चा गठन भइसकेकाले बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

बैठकले समाज रूपान्तरणका लागि देशव्यापी छलफल चलाउने निर्णय पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस