रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा सम्पन्न « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा सम्पन्न


११ पुस २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ-बुटवल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय १३ किलोमिटर लामो पैदल यात्रा गरेको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि दबाबस्वरूप यो पैदलयात्रा गरेको रास्वपाले जनाएको छ । 

३ वर्षमा काम सक्ने गरी २०७५ साल माघमा ठेकेदार कम्पनीसँग सम्झौता भएको सडकको ५ वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ । यात्राका क्रममा स्थानीयवासीले रास्वपाको टोलीलाई स्वागत गर्दै बाटो नबन्दाको समस्या सुनाएका थिए ।

यात्रा सकिएपछि भएको कार्यक्रममा सभापति लामिछानेले बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस