१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा


११ पुस २०८०, बुधबार


काठमाडौँ । सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।

कोरोना सङ्क्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो। बोर्डले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको जनाएको छ ।

कोरोना सङ्क्रमणले गर्दा अघिल्ला वर्षसम्म विदेशी पाहुनाको आगमनमा प्रभाव परेको थियो। यसअघि सबैभन्दा बढी सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। २०२२ मा यो आकार ६ लाख १४ हजार १ सय ४८ थियो। सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०२० मा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या २ लाख ३० हजार ८५ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस