१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा भाग लिन ११ खेलाडी भारत जाँदै

अ+ अ-

काठमाडौँ । पुस १४ र १५ गते भारतको उत्तर प्रदेश स्थित आगरामा हुने अन्तराष्ट्रिय कराँते च्याम्पियनसीप-२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई बिदाइ गरिएको छ ।

विराटनगर– ११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गरी मोरङ कराँते महासंघले सफलताको शुभकामनासहित बिदाइ गरेको हो । उनीहरू भोलि त्यसतर्फ जानेछन् ।

खेलाडीहरूलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतले टीका र खादा लगाएर बिदाइ गरेका थिए ।

कराँते महासंघ मोरङ अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतसहित जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला, विराटनगर-११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली, नेपाल खेलकुद महासंघका सूरज श्रेष्ठ, कराँते प्रशिक्षक मेनुका ठाकुरलगायत अभिभावकहरूको उपस्थिति थियो ।

उक्त प्रतियोगितामा भाग लिन विराटनगरबाट आकृति कोइराला, सोनीया वन, आरुषा कोइराला, अन्वेशा न्यौपाने, दुर्गेशकुमार यादव, सन्तोषकुमार साह, अमन सहनी, बिबेक सिंह, पंकज साह, आलोक ठाकुरर बिशाल चौधरीले सहभागिता जनाउनेछन् ।

खेलाडीहरूको साथमा प्रशिक्षकद्वय भुवन कट्टेल र मेनुका ठाकुर तथा व्यवस्थापक अजय ठाकुर छन् । च्याम्पियनसीपमा खेलाडीहरूले विभिन्न स्पर्धामा भाग लिने प्रशिक्षक ठाकुरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस