२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा उम्मेदवार बन्न काँग्रेसका २५ केन्द्रीय नेता आकाङ्क्षी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका २५ केन्द्रीय नेताले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षा राखेका छन् ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकाङ्क्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको छ । कोशी र बागमतीबाट ८-८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकाङ्क्षी छन् ।

सुदूरपश्चिम प्रदेश समितिले भने जिल्लाबाट प्राप्त सबै नाम पठाउने निर्णय गरेपनि अन्तिम टुङ्गो लगाएको छैन । मधेसले नाम सङ्कलन गरी नसकेको प्रदेश तहका नेताले जानकारी गराएका छन् ।

कोशीबाट केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ । नेताहरू महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ ।

सिटौला गत आम निर्वाचनमा झापा-३ बाट पराजित भएका थिए । गत निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवारको आकाङ्क्षी रहेका केन्द्रीय सदस्यद्वय रिजाल र संग्रौला मोरङमा टिकट पाएका थिएनन् ।

सुजाता मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित महेश आचार्यले गत निर्वाचनमा टिकट पाउन सकेनन् । घिमिरे गत निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

कोशीबाट पूर्व केन्द्रीय सदस्यमा पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, हसन अन्सारी लगायतको नाम पनि राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिने प्रदेश समितिले जनाइको छ । 

बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदकारको आकाङ्क्षी सूचीमा छन् ।

काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, काठमाडौँ महानगरका सभापति निलकाजी शाक्यको नाम समेत सिफारिस भएको छ । बागमतीबाट पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको नाम पनि सिफारिस भएको छ । १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बाबुकृष्ण सापकोटाको नाम पनि बागमतीबाट सिफारिस भएको छ ।

गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ ।

लुम्बिनीबाट केन्द्रीय सदस्यहरू डा. गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । पोखरेलले गत आम चुनावमा निर्वाचनमा प्युठानमा टिकट पाएनन् । भुसाल अर्घाखाँचीमा पराजित भएकी हुन् । सार्वजनिक लेखा समितिका पूर्व सभापति शाह गत आम निर्वाचनमा रुपन्देही-५ मा पराजित भएका थिए ।

कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम कर्णालीबाट सिफारिस भएको छ । प्रदेश सभापतिमा पराजित भूपेन्द्रजंग शाहीको नाम प्रदेश समितिले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस