काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल, नागरिक समाज र सबै निकायलाई क्रमभंगताको लागि अपिल गरेका छन् ।
सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न नहुने बताए ।
उनले भने, ‘दलहरू नागरिक समाज र सबै निकायलाई क्रम भंगताको अपिल गर्छु । अब शीर्ष बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट्र नीतिमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र राष्ट्रको छवि सुधार्न बस्नेछन् ।’