कोरियाले रुस र बेलारुसविरुद्ध करिब ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरियाले रुस र बेलारुसविरुद्ध करिब ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने


१० पुस २०८०, मंगलबार


काठमाडौँ । कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने भएको छ । मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठुला सवारी साधन लगायत निर्यात वस्तुहरू प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाइ गर्न लागेको हो ।

यस्तै,रणनीतिक वस्तुको व्यापार सम्बन्धी नियमावलीमा संशोधन भए अनुसार कोरियाले विभिन्न निर्माण उपकरणहरू रिचार्जेबल ब्याट्री, विमानका कम्पोनेन्ट, मेसिनरीलगायत अन्य वस्तुहरू गरी रसिया र बेलारुसमा ढुवानी गर्न प्रतिबन्धित वस्तुहरूको सूचीमा थप ६८२ वस्तु थपेको त्यहाँको व्यापार, उद्योग र ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस्तै,नयाँ नियमको सूचीमा रहेका वस्तुहरूको कुल संख्या हालको ७९८ वस्तुबाट बढाएर १,१५९ पुर्‍याउने समेत बताइएको छ ।यसैबिच,उचित प्रशासनिक प्रक्रियाहरू र निर्यातकर्ताहरूका लागि सरकारले जारी गरेको नीति निर्देशहरू पछ्याएर संशोधन २०२४ को सुरुमा लागु हुने अपेक्षा गरिएको छ ।

कोरियाको निर्यात नियन्त्रण योजना अन्तर्गत रणनीतिक वस्तुको रूपमा वर्गीकृत नभए पनि सैन्य उद्देश्यका लागि ती वस्तुहरू प्रयोग हुने सम्भावना रहेको हुँदा यो कदम चालिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस